काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कमिटी बैठक बोलाएको छ।
आगामी ५ गतेका लागि बोलाइएको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
पार्टी केन्द्रीय कार्यालयमा बिहान १०ः३० मा बस्ने बैठकले सत्तासमकिरणबारे औपचारिक निर्णय गर्ने एक नेताले बताए।
बैठकले एकीकरणपछि बाँकी रहेका संगठन समायोजन सम्बन्धी निर्णयसमेत गर्ने बताइएको छ। सबै पदाधिकारी तथा केन्द्रीय कार्यकारिणी सदस्य उपस्थित हुनेछन्।
प्रतिक्रिया