+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीमा ओलीको विकल्प होलान् देउवा?

4KNationalDaily
२०७७ चैत्र २, सोमबार ०७:३८ बजे

काठमाडौं- ‘नेपालको राजनीति अत्यन्तै तरल अवस्थामा छ। हाम्रो पार्टीले धेरै हतार र लोभ गर्ने काम पनि छैन। प¥यो भने जिम्मेवारीबाट भाग्ने काम पनि छैन।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिबार राजधानीमा पार्टी महिला विभागले आयोजना गरेको कार्यक्रममा दिएको धारणा हो यो।

नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद चुलिएका बेला सर्वोच्च अदालतको फैसलाले दुई दलबीचको एकीकरण बदर भई केपी ओली नेतृत्वको सरकार संकटमा परेको छ।

विधिवतरूपमा ओली नेतृत्वको सरकारविरुद्ध अविश्वासको प्रस्ताव वा सरकारले विश्वासको मत लिनुपर्ने अवस्था नआए पनि सत्ता साझेदार माओवादी केन्द्र सरकारबाट बाहिरिएको छ। अर्कोतर्फ एमालेभित्रकै एउटा समूह सरकारप्रति असन्तुष्ट छ। यसले ओली नेतृत्वको सरकार संकटमा परेको छ।

कांग्रेसको सहभागिताबिना मुलुकले ओलीको विकल्प पाउने सम्भावना कमजोर बन्दै गएको छ। तर सत्ताका लागि सधैं मरिहत्ते गर्ने आरोप खेप्दै आएका देउवाको प्राथमिकतामा प्रधानमन्त्री नपरेको खबर आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन्।

नेता रामचन्द्र पौडेलसहित संस्थापन इतर समूहका नेताहरूले समेत ओलीको विकल्प दिन सभापति देउवाले सरकारको नेतृत्वका लागि अग्रसरता लिनुपर्ने र त्यसका लागि आफूहरूको पूर्ण समर्थन रहेको पदाधिकारी बैठकमा बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily