+
Search

ताजा अपडेट +

पपुलर +

भारतमा सुशान्त सिंह अभिनित ‘छिछोरे’ उत्कृष्ट चलचित्र, कंगना रणावत सर्वश्रेष्ठ अभिनेत्री

4KNationalDaily
२०७७ चैत्र ९, सोमबार २०:४० बजे

काठमाडाैं- गतवर्ष आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुत अभिनित ‘छिछोरे’ले उत्कृष्ट भारतीय चलचित्रको उपाधि हात पारेको छ।

साेमबार भएकाे ६७ औं राष्ट्रिय चलचित्र पुरस्कारमा ‘छिछोरे’लाई उत्कृष्ट भारतीय चलचित्रकाे उपाधि दिइएकाे हाे।

यता सर्वोत्कृष्ट अभिनेत्रीको रुपमा कंगणा रणावत घोषित भएकी छिन्। उनलाई ‘मणिकर्णिका र पंगा’ चलचित्रको लागि यो पुरस्कार दिइएको हो।

साथै सर्वोत्कृष्ट अभिनेताको रुपमा मनोज बाजपिय र अभिनेता धनुष संयुक्त रुपमा घोषित भएका छन्। बाजपियले ‘भोसले’ र धनुषले तामिल ‘असुरान’ चलचित्रको लागि पुरस्कार पाएका हुन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily