+
Search

ताजा अपडेट +

पपुलर +

जसपालाई आठ मन्त्रालय दिन प्रधानमन्त्री तयार

4KNationalDaily
२०७७ चैत्र १२, बिहीबार ०८:४९ बजे

काठमाडौं- जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ। सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका शीर्ष नेताहरूसँग कुराकानी गरेका छन्।

जसपा नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्रीसँग माग कसरी र कुन प्रक्रियाबाट पूरा गर्ने भन्ने विषयमा छलफल भएको थियो।

‘मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा कसरी फिर्ता लिन सकिन्छ भन्ने विषयमा प्रस्ट कुराकानी भयो’, उनले भने, ‘कुनै मुद्दा अदालती प्रक्रियाबाट फिर्ता लिनुपर्ने हुन्छ भने कुनै मुद्दा जिल्ला प्रशासन कार्यालयबाटै फिर्ता लिए पुग्छ।’

भेटमा रेशम चौधरीको रिहाइ कुन प्रक्रियाबाट कसरी गर्न सकिन्छ भन्ने विषयमा पनि कुराकानी भएको स्रोतको भनाइ छ।

स्रोतका अनुसार जसपा सरकारमा सहभागी भएमा महत्वपूर्ण आठ मन्त्रालय दिन प्रधानमन्त्री तयार भएका छन्। महतोले भने यसबारेमा कुराकानी नै नभएको दाबी गरेकाे खबर आजको नागरिक दैनिकमा भुवन शर्माले लेखेका छन्।

जसपाले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, रेशम चौधरीको रिहाइका लागि वातावरण बनाउनुपर्ने, मधेस आन्दोलनका क्रममा लगाइएका झुटा मुद्दा खारेज गर्नुपर्ने, घाइतेहरूको उपचार गर्नुपर्ने तथा संविधान संशोधनको माग राख्दै आएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily