+
Search

ताजा अपडेट +

पपुलर +

खोप लगाएका काठमाडौँका केही व्यक्तिमा कोरोना संक्रमण, खोपको प्रभावकारितामा आशंका

4KNationalDaily
२०७७ चैत्र १६, सोमबार ०८:४२ बजे

काठमाडौं- २३ फागुनमा खोप लगाएका ७२ वर्षीय एक पुरुषमा कोभिड पोजिटिभ देखिएपछि ९ चैतमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आइसोलेसनमा भर्ना गरेको छ।

अस्पतालका अनुसार उनमा निमोनिया, खोकीलगायतका लक्षण देखिएको छ । उनले खोप लगाएको पाँच दिनपछि अर्थात २७ फागुनमा परिवारका सदस्यमा कोभिड पोजिटिभ देखिएको थियो।

चिकित्सकहरूका अनुसार सामान्यतया कोभिड संक्रमण भइसकेपछि लक्षण देखिन १४ देखि २८ दिनसम्म लाग्ने गर्छ । अर्थात् खोप लगाएपछि कोभिड संक्रमण देखिएका वृद्धमा खोप लगाउनुभन्दाअघि नै संक्रमण भइसकेको हुन सक्ने उनीहरूको भनाइ छ । अस्पतालमा भर्ना भएका अर्का एकजना पुरुषमा पनि खोपपछि कोभिडका लक्षण देखिएकाले उपचाररत छन्।

भारतको राजधानी नयाँदिल्लीस्थित एक अस्पतालमा कार्यरत नर्समा कोरोनाविरुद्धको दुवै डोज खोप लगाएको एक महिनापछि कोरोना पोजिटिभ देखिएको छ ।

उनले खोपको पहिलो डोज १८ जनवरीमा र दोस्रो डोज १७ फेब्रुअरीमा लगाएकी थिइन् । भारतकै उत्तर प्रदेशको लखनउस्थित अस्पतालमा कार्यरत चिकित्सकमा भ्याक्सिनको पूर्ण डोज लगाइसकेपछि पनि कोरोना संक्रमण देखिएको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily