काठमाडौं- नेकपा–एमालेका उपाध्यक्ष भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई गरेको कारबाही अस्वीकार गर्ने बताएका छन्।
उनले अध्यक्ष ओलीले गरेको कारबाहीलाई अवैधानिक भएको दाबी गरेका छन्।
पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र आफूलाई पार्टीबाट निलम्बन गरेको आदेश पार्टी विधान र नर्वौ राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन विरुद्धको निरंकुश र स्वेच्छाचारी कुकृत्य भएको रावलको दाबी छ।
‘देशभक्तिपूर्ण आवाजबाट त्रसित बाह्य शक्तिप्रतिको तावेदारी हो। नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी भंग गरी गठन गरिएको अवैध राष्ट्रिय महाधिवेशनको अध्यक्ष स्वयं अवैधानिक भएकाले केपी शर्मा ओलीबाट गरिएको उक्त निर्णयको भत्र्सना गर्दैै पूर्णरुपमा अस्वीकार गर्दछु,’ उनले भनेका छन्।
प्रतिक्रिया