+
Search

ताजा अपडेट +

पपुलर +

फास्ट ट्रयाक विवाद : बाबुरामले भने- लेखा समितिको आदेश ठिक छ

4KNationalDaily
२०७७ चैत्र २०, शुक्रबार ११:४६ बजे

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले लेखा समितिले फास्ट ट्रयाकको ठेक्का प्रक्रिया रोक्न दिएको आदेश ठिक भएको बताएका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जाल मार्फत् उनले पचासौँ अर्बको ठेक्कमा एउटा मात्र ठेकेदार छान्नु गलत भएको भन्दै ठेक्का प्रक्रिया रोक्नुपर्नेमा जोठ दिएका हुन्।

संसद्को सार्वजनिक लेखा समितिले सेनाको नेतृत्वमा बनिरहेको काठमाडौं–निजगढ फास्ट ट्रयाकमा आर्थिक अनियमितता भएको भन्दै प्रतिस्पर्धाविना दिन लागिएको २५ अर्बको ठेक्का प्रक्रिया रोक्न निर्देशन दिएको थियो।

‘राष्ट्रिय गौरवका योजनामध्ये एक नम्बरमा राखिएको काठमाडौं-तराई फास्ट ट्रयाकको निर्माण फेरि विवादमा पर्नु दुःखद छ,’ भट्टराईले ट्वीटरमा लेखेका छन्, ‘पचासौं अर्बका ठेक्काको पिक्यू गर्दा एउटामात्र ठेकेदार छान्नु स्वत:गलत थियो! भ्रष्टाचारको ह्वास्स गन्ध आउॅथ्यो। लेखासमितिले रोक्ने आदेश गरेर ठीक गर्यो।आदेश पालना होस्!छानवीन होस्!’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily