+
Search

ताजा अपडेट +

पपुलर +

विचाैरकाे बागेश्वरीका शिक्षक सवार जिप बारपाककाे राङरुङमा दुर्घटना

4KNationalDaily
२०७७ चैत्र २१, शनिबार २१:०४ बजे

गोरखा- जिल्लाकाे बारपाक सुलिकोट गाउँपालिका-२ राङरुङमा शनिबार (आज ) करिब ७ बजे जिप दुर्घटना भएको छ ।

लम्जुङकाे दुधपाेखरी गाउँपालिका विचाैरकाे बागेश्वरी माध्यमिक विद्यालयका शिक्षकहअरूकाे टाेली सवार ना ५ च ३२९८ नम्बरको जिप बारपाक घुमेर फर्किदै गर्दा राङरुङमा दुर्घटना भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय गाेरखाका प्रमुख एसपी शेखर खनालका अनुसार जीपमा ९ जना यात्रु सवार छन् । उनीहरू मध्ये २ जनाकाे अवस्था गम्भिर छ भने ३ जनाकाे स्थानीय बालुवा स्वास्थ्य केन्द्रमा उपचार भइरहेकाे छ । उनीहरूकाे अवस्था सामान्य रहेकाे उनले बताए ।

शिक्षकहरु सवार जीप राङरुङको भीरबाट करिब ६० मिटर तलको दरौँदी नदीमा खस्दा दूधपोखरी गाउँपालिका २ बिचौरका ५५ बर्षका रामेश्वर न्यौपाने, ४५ बर्षका ठाकुर दवाडी गम्भीर घाइते भएका छन् ।

उनीहरुको अबस्था चिन्ताजनक रहेको र चिकित्सकले प्रमाणित नगरी यसै भन्न नसक्ने प्रहरीले जनाएको छ । त्यस्तै ३० बर्षका विष्णु दवाडी, २८ बर्षका अनील मरहठ्ठा, १८ बर्षका अमृत दवाडी, २६ बर्षका विष्णु न्यौपाने, २९ बर्षका अमृत दवाडी, तनहूँको व्यास नगरपालिका १ दमौलीका ३६ बर्षका सुशील नराल घाइते भएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily