गाेरखा- नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज (चैत २५ गते) चुनाव हुँदै छ। पहिलोपटक हुन लागेको प्रत्यक्ष निर्वाचनमा देशभरका १३ हजारभन्दा बढी पत्रकार मतदानमा सहभागी हुँदै छन्।
महासंघको संशोधित विधानअनुसार यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउने भएका हुन्। मतदान आफू सदस्य रहेको शाखामै गर्न पाइनेछ।
जिल्ला, एसोसियट्स, प्रदेश र केन्द्रका लागि एकैपटक मतदान हुँदै छ। मतदान बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म हुनेछ। नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन समितिका अनुसार यसपटक निर्वाचनमा १३ हजार १२२ मतदाता सहभागी हुनेछन्।
महासंघको केन्द्रीय अध्यक्षका लागि ३ जनाको उम्मेदवारी परेको छ। विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्रसिंह बुढाथोकीको उम्मेदवारी परेको हो।
नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव नेपाल पक्ष), मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादीलगायत दलनिकट पत्रकार संगठनले एउटै प्यानल बनाएका छन्।
जसको नेतृत्व प्रेस युनियनका पाखरेलले गरेका छन्। यस्तै एमालेकै सत्ता पक्ष अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीनिकट प्रेस चौतारीको छुट्टै प्यानल छ। जसको नेतृत्व शर्माले गरेकी छन्। यस्तै स्वतन्त्रबाट बुढाथोकीको उम्मेदवारी परेको हो।
मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको छ। प्रदेश तथा जिल्लाका केही पदमा भने यसअघि नै सर्वसम्मत निर्वाचित भइसकेका छन्।
गाेरखामा हुँदैछ तिन जनाविच भिडन्त
जिल्ला शाखाको २६ औं साधारण सभा तथा १४औं अधिवेशनको लागि आईतवार मनोनयन दर्ताका क्रममा अन्यको उम्मेदवारी नपरेपछि अध्यक्ष र उपाध्यक्ष वाहेकका सवै कार्यसमितिमा सर्वसम्मत निविरोध निर्वाचित भएका छन् ।,तर साेमबार उपाध्यक्षकाे उम्मेदवारी फिर्ताका क्रममा हरिराम उप्रेतीले फिर्ता लिएपछि नरेन्द्र ढकाल निर्वाचित भएका छन् । उनी प्रेस युनियन गाेरखाका अध्यक्षसमेत हुन् ।
अध्यक्षका लागि संगठनका दिपक श्रेष्ठ, युनियनका नरहरी सापकाेटा र स्वतन्त्र समुहकी अनुपमा खनालकाे उम्मेदवारी परेको छ। केन्द्र। प्रदेश तथा जिल्लामा युनियन र संगठनवीच एउटै प्यानल बनाएकाे भएपनि जिल्लामा युनियनले सापकाेटालाइ अघि सारेकाे छ ।
गण्डकी प्रदेशक ११ जिल्लामध्ये गाेरखा र बाग्लुङ संगठनकाे भागमा परेकाे थियाे । जिल्ला शाखामा २९ जना सदस्य रहेका छन् । त्यस्तै प्रदेश सदस्यमा जिल्लाका कैलाखबाबु श्रेष्ठ सचिव र राजेन्द्र न्याैपाने काेषाध्यक्षमा उम्मेदवारी दिएका छन् भने केन्द्रिय सदस्यमा प्रदेशबाट भिमलाल श्रेष्ठकाे उम्मेदवारी परेकाे छ ।
प्रतिक्रिया