+
Search

ताजा अपडेट +

पपुलर +

सावधानी नपनाए फेरि लकडाउन गर्नुपर्ने स्थिति आउनसक्छ : प्रधानमन्त्री

4KNationalDaily
२०७७ चैत्र २६, बिहीबार १४:२८ बजे

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण बृद्धि हुँदै गए बाध्य भएर फेरि लडकडाउन गर्नुपर्ने स्थिति आउनसक्ने भन्दै सबैलाई सचेत हुन आग्रह गरेका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७०औँ साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना संक्रमणको भयावह स्थिति आउन नदिन सबैलाई सचेत हुन आग्रह गरका हुन् ।

‘बाध्य भएर ठप्प पार्नुपर्ने स्थिति आउनसक्छ, सावधानी नअपनाए । मास्क लगाउने, हात धुने हो । एकैचोटि लाग्ने होइन । कोरोना नाकमा गएर बस्ने हो । तातोपानीको स्याकस्याक सुकसुक गरौँ । बाहिर नखाऊँ ।’

उनले पहिलो कार्यकालमा आफूलाई अलिकति पनि काम गर्न नदिएको बताए । राष्ट्र निर्माणको गति बढाउँदै गर्दा स्टेरिङ खोस्ने, ब्रेकमा लगाएर एक्सिलेटर दबाउन नदिएने काम भएको पनि उनले बताए । अहिले अवरोध पञ्छाएर अघि बढेको उनको भनाइ छ ।

‘पहिलो कार्यकालमा अलिकति काम गर्न खोजेका थिएँ, जबरजस्ती ब्रेक लगाउन खोजियो, राष्ट्र निर्माणको गति अघि बढाउँदै गर्दा कहिले स्टेयरिङ खोस्ने, कहिले ब्रेकमा दुइटा खुट्टा हाल्ने, एक्सिलेटर दबाउन नदिने गरियो, के गर्नु दुइटा पाइलट राखियो, अब पन्छाएर अघि बढिएकोछ’ उनले भने ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily