+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीको भूमिकाप्रति सय प्रतिशत ढुक्क छिन् राष्ट्रपति, भारतीयले पार्टी फुटाइदिएको आरोप

4KNationalDaily
२०७७ चैत्र २७, शुक्रबार ०७:२६ बजे

काठमाडौं- प्रधानमन्त्रीका कारण सिर्जित राष्ट्रिय राजनीतिका उतार–चढावप्रति राष्ट्रपतिको दृष्टिकोण के होला?

गत हप्ता राष्ट्रपतिसँग भेटेर फर्किएका एक राजनीतिकर्मी भन्छन्- राष्ट्रपति प्रधानमन्त्रीको भूमिका र कदम सयमा सय प्रतिशत मुलुकको हितमा भएको ठहरमा भएकाे खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।

राष्ट्रपतिको बुझाइअनुसार, भन्न त ओलीलाई दक्षिण निकट भनिन्छ तर खासमा चाहिँ माधवकुमार नेपाल र उहाँको समूहका नेताहरू भारतबाट गाइडेड हुन् । तर, उहाँ पनि सरकार अप्ठेरोमा छ भन्ने निश्कर्षमा पुग्नुभएको छ । उहाँले प्रचण्ड, कांग्रेस र जसपाको धारणामा समानता (सरकार विरोधी) जुट्न गाह्रो छ भन्ने बुझ्नुभएको छ भने राप्रपाको पनि कमल थापा समूहप्रति सकारात्मक हुनुहुन्छ । तर, पशुपतिसमशेर र प्रकाशचन्द्र लोहनीप्रति थोपै विश्वास छैन।

उहाँले अनुमान गर्नुभएको छ- मधेसी र शेरबहादुरबीच निकटता बढ्न गाह्रो छ । कांग्रेससँग मधेशी मिल्दा त्यहाँ एमालेलाई क्षति हुने उहाँको बुझाई छ । र, भन्ने गर्नुहुन्छ, ‘पुस ५ को संसद विघटनपछि पार्टी फुटाउने काममा भारतीयहरू सफल भए।’ प्रधानमन्त्री केपी ओलीले गल्ती गरेको भन्ने कुरा उहाँलाई लागेकै छैन।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily