+
Search

ताजा अपडेट +

पपुलर +

नाम्जुङमा ट्याक्टरबाट खसेर स्कुले बालकको ज्यान गयो

4KNationalDaily
२०७७ चैत्र ३१, मंगलवार ०९:२२ बजे

गाेरखा- जिल्लाकाे शहीद लखन गाउँपालिका-९ नाम्जुङको छेलाङे चोक नजिक विहानी कक्षा पढेर घर फर्केका स्कुल बालकको ट्याक्टरबाट खसेर ज्यान गएको छ ।

सरस्वती आधारभूत विद्यालय नामजुङकाे कक्षा ७ मा अध्ययनरत १३ वर्षिय विवस ढकालको घैरुङबाट नाम्जुङतर्फ आईरहेको ग १ त ४५८२ नम्बरको ट्याक्टरमा विद्यालयबाट घर फर्कदा करिव एक सय मिटरको दुरीमा घटना घटेको विद्यालयका प्रधानाध्यापक ऋषि लामिछानेले बताए ।

विहानी कोचिङ कक्षा पढेर घर फर्कदा टयाक्टर आएपछि अगाडि चढेका रहेछन् । गिएर परिवर्तन गर्ने क्रममा पछाडितिरको ढालामा टाउको ठोकिएर ज्यान गएको हुन सक्ने स्थानीय रमेश लामिछानेले जनाए ।

घटनाको छानविन गर्न प्रहरी कार्यालय बुंकोटबाट प्रहरी आएर टयाक्टर चालकलाई नियन्त्रणमा लिएको प्रहरी कार्यालय बुंकोटले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily