+
Search

ताजा अपडेट +

पपुलर +

कोभिडको चुनौती सामना गर्ने अनुशासित बजेट ल्याउने तयारीमा छाैं : अर्थमन्त्री पौडेल

4KNationalDaily
२०७७ चैत्र ३१, मंगलवार १७:५० बजे

काठमाडाैं- अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट निर्माणका आधारभूत सिद्धान्तहरुलाई आत्मसात गरेर अनुशासित बजेट ल्याउने तयारी गरिरहेको बताएका छन्।

प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटको तयारीबारे छलफलमा उपस्थित भएका अर्थमन्त्री पौडेलले बजेट निर्माणको आधारभूत सिद्धान्तहरुलाई आत्मसात गरी बजेट कार्यान्वयनको सुनिश्चितता गरेर अनुशासित बजेट निर्माण गरिने बताएका हुन्।

यस्तै कोभिड-१९ ले सिर्जना गरेको चुनौती र त्यसको सामना गर्ने कुरालाई बजेटले सर्वोच्च प्राथमिकतामा राख्‍ने पनि उनले जानकारी गराए।

कोभिड संक्रमण नियन्त्रण, उपचार र खोपको प्रबन्ध गर्ने, कोभिडबाट प्रभावित आर्थिक, सामाजिक जीवनलाई पुनरुत्थान गर्ने कुरामा चालु आर्थिक वर्षको बजेटले सम्बोधन गरेको र आगामी बजेटबाट पनि सम्बोधन गर्ने प्रयास हुने अर्थमन्त्रीको भनाइ छ।

अन्य मन्त्रालयहरुसँग पनि समन्वय गरी बजेट निर्माण गर्ने उनले बताए। बजेट निर्माणमा सम्बन्धित मन्त्रालयहरु नै सम्पूर्ण रुपमा जवाफदेही भएर काम गर्ने विश्वास भएकाले अर्थ मन्त्रालयले हस्तक्षेप नगर्ने पनि स्पष्ट पारे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily