+
Search

ताजा अपडेट +

पपुलर +

कर्णालीपछि अब गण्डकी, लुम्बिनी र केन्द्र सरकार फेर्न लगातार लागेका छौं, म व्यस्त छु : प्रचण्ड

4KNationalDaily
२०७८ बैशाख ४, शनिबार १५:४४ बजे

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको विकल्प खोज्‍न सक्रिय भएको बताएका छन्। शैक्षिक अभियान तथा दोस्रो र तेस्रो प्रदेश परिषद् उद्घाटन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।

कार्यक्रममा पुगेको उनले आफू ओली सरकारको अराजकता र वर्तमान अन्योलता हटाउने प्रक्रियामा सामेल हुने जानुपर्ने भएकाले धेरै समय नरहने बताए। उनले भने, ‘हामीले केन्द्रमा रहेको अन्योल र अराजकताका स्थिति अन्त्य गर्न लगातार पहल गरेका छौं। यहाँबाट सीधै त्यही प्रक्रियामा सहभागी हुन जाँदैछु।’

आफूले धेरै कुरा राख्‍न चाहेर पनि त्यतातिर लाग्‍नुपर्ने भएकाले हतारिएको उनको भनाइ थियो। ‘अहिले धेरै कुरा गर्ने समय छैन। हामी सरकार गठन, पुनर्गठनको ठूलो प्रक्रियाभित्र छौं।’

उनले कर्णालीकै रणनीति केन्द्रमा दोहोरिने संकेतसमेत गरेका छन्। उनले भने, ‘कर्णालीमा के समस्या थियो र कहाँ गएर टुंगियो थाहा पाइसक्नुभएको छ।’ यसैगरी गण्डकीमा अविश्वास प्रस्तावका लागि बहुमत जुटिसकेको र लुम्बिनीमा बहुमतको हस्ताक्षर संकलन लगभग भइसकेको उनले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily