+
Search

ताजा अपडेट +

पपुलर +

मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्तापछि गण्डकी प्रदेश सभाको विशेष अधिवेशन आह्वान

4KNationalDaily
२०७८ बैशाख ६, सोमबार १८:०२ बजे

पोखरा- गण्डकी प्रदेश सभाको विशेष अधिवेशन यही वैशाख १३ गते आह्वान गरिएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी भएपछि यही बैशाख २ गते राती मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश सभाको हिउँदे अधिवेशन अन्त्य गरेका थिए ।

त्यस लगत्तै काँग्रेस सहितका तीन दलका २८ जना सांसदले हस्ताक्षर सहित प्रदेश प्रमुख समक्ष विषेश अधिवेशनको माग गर्दै निवेदन पेश गरेका थिए । तीन दलको माग अनुसार प्रदेश प्रमुख शेरचनले यही वैशाख १३ गते १ बजेका लागि विशेष अधिवेशनको आह्वान गरेका हुन् ।

मुख्यमन्त्री गुरुङविरुद्ध वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गरेसँगै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) ले विशेष अधिवेशनको माग गरेका थिए । त्यसअघि संसदको चालू सातौं अधिवेशन मुख्यमन्त्री गुरुङले वैशाख १ गते मध्यरातदेखि लागू हुने स्थगित गरेका थिए । प्रदेश सभामा ६० सदस्य छन् । तीमध्ये मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादी केन्द्रका १२, जसपाका २, राष्ट्रिय जनमोर्चाका ३ तथा स्वतन्त्र १ सांसद छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily