गाेरखा- नेकपा एमाले माधव नेपाल समूह निकट युवा संघको पदाधिकारी बैठकले जिम्मेवारी बाँडफाँड गरेको छ । शुक्रबार बकसेको बठैकले युवा संघको केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँड गरेकाे हाे।
यस्तै, गण्डकी प्रदेशको इन्चार्जमा कृष्ण विश्वकर्मा, सह-इन्चार्जमा हिरालाल विक, संयोजकमा कमल गैरे चयन भएका छन् भने नेपालभरीका ७७ जिल्लामध्ये गाेरखामा भने रेखा लाेप्चनले इन्चार्जकाे जिम्मेवारी पाएकि छिन् । सामजिक क्षेत्रमासमेत सक्रिय रहेकि रेखासंगै सह-इन्चार्जमा विश्व बानिँयाले जिम्मेवारी पाएका छन् ।
एमाले गाेरखाले यादव बस्नेतकाे नेतृत्वमा केहिसमय अघि जिल्ला कमिटि चयन गरेकाे थियाे भने अनेरास्ववियले समेत केहि दिन अघि जिल्ला कमिटि चयन गरेकाे थियाे । जिल्ला पार्टीमा केपी समुह र नेपाल समुहकाे जिल्ला सदस्य बराबरीमा रहेकाे जिल्लास्तरका नेताहरू नै बताउछन् ।
प्रतिक्रिया