+
Search

ताजा अपडेट +

पपुलर +

अक्सिजन चाहिने बिरामीले अस्पतालमा भर्ना पाउनै छाडे

4KNationalDaily
२०७८ बैशाख १४, मंगलवार ०८:४३ बजे

काठमाडौं- कोरोना संक्रमण तीव्र भएसँगै गम्भीर बिरामीको संख्या बढेको छ। गम्भीर लक्षण लिएर आइपुगेका बिरामीले समयमै भर्ना पाउन नसकेको अस्पतालले जनाएका छन्।

यसरी पर्खाइमा हुने बिरामी सबैजसो अक्सिजन चाहिने अवस्थाका छन्। सशस्त्र प्रहरी बल अस्पताल बलम्बुका अनुसार प्रत्येक दिन ४० जना बिरामी भर्नाको पर्खाइमा छन्। तीमध्ये कोही अस्पतालको आकस्मिक कक्षमा पर्खाइमा छन् भने कोही होम आइसोलेसन र अन्य अस्पतालको आकस्मिक कक्षमा।

आइतबार ज्वरो आएपछि पाटन अस्पताल पुगेकी भैंसेपाटीकी ३४ वर्षीया सीता बुढाथोकीले सोमबार साँझसम्म अस्पतालमा भर्ना पाउन सकिनन्। अस्पतालको आकस्मिक कक्षमै रहेकी उनको अक्सिजन घटेर ७८ पुगेको थियो। अन्यत्र अस्पतालमा बेड खोज्दै भौंतारिइन्। बेड पाउन नसकेपछि उनको आफन्तले बाहिरबाट अक्सिजन किनेर जोहो गरे।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily