+
Search

ताजा अपडेट +

पपुलर +

बोर्लाङको क्यामुन्टार क्षेत्र सिल, एउटै गाउँमा संक्रमितको सख्या २९ पुग्यो

4KNationalDaily
२०७८ बैशाख १५, बुधबार ०८:४५ बजे

गोरखा- एउटै गाउँमा २९ जनामा कोरोना संक्रमणको पुष्टी भएपछि भीमसेन थापा गाउँपालिका–७ क्यामुन्टार क्षेत्र सिल गरिएको छ । गाउँपालिकाको मंगलबार बसेको आकस्मिक बैठकले संक्रमण फैलिएको क्षेत्र सिल गरिएको हाे ।

संक्रमण थप फैलन नदिन गाउँपालिकाले संक्रमित क्षेत्र सिल गर्ने निर्णय गरेको जनाएकाे छ। संक्रमण देखिएको क्षेत्रमा बुधबारदेखि नै स्वांस्थ्यकर्मीको टोली पठाएर कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन गरिने  छ। क्यामुन्टार क्षेत्रमा मात्रै करिब १ सय जनाभन्दा बढीमा रुघाखोकी र ज्वरो सहितको लक्षणदेखिएको पालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

संक्रमित क्षेत्रमा औषधी र खाद्यान्य बाहेका पसल खोल्न रोक लगाइएको छ भने अत्याबशेक काम बाहेक घरबाट बाहिर ननिस्कन समेत गाउँपालिकाले सवैलाई अपिल गरेको छ । संक्रमित मध्ये ४ जना बिधार्थी र बाँकी अभिभावक तथा स्थानीयबासी रहेको स्वास्थ्य शाखाले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily