काठमाडौं– सरकारले १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्धा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।
नेपाल सरकार वादी भई चलाएको फौजदारी मुद्दाहरु फिर्ता लिनेसम्बन्धी निर्देशिका २०७७ बमोजिम यो निर्णय भएको उनले बताए । उनले अघि भने, ‘यो राजनीतिक निर्णय पनि हो ।’ उनका अनुसार अरू मुद्धा पनि फिर्ता हुनेछ ।
महान्यायाधिवक्ता कार्यालयको रायका आधारमा मन्त्रिपरिषद बैठकले मुद्दा फिर्ताको निर्णय लिएको सरकार प्रवक्ता गुरुङले बताए। मुद्दा फिर्ता सम्बन्धी निर्देशिका, कानुन र संविधानको आधारमा यी मुद्दा फिर्ता लिने निर्णय भएको हाे।
यसरी मुद्दा फिर्ता लिएका व्यक्तिहरुको सूची सार्वजनिक गरिने र यो क्रम चलिरहने बताए। मन्त्री गुरुङले भने, ‘अरुका मुद्दा पनि प्रक्रियामा छन्। यो चाहिँ मधेश आन्दोलनका क्रममा मुद्दा लागेका जनता समाजवादी पार्टीका कार्यकताको मुद्दा फिर्ता लिइएको हो।’
प्रतिक्रिया