+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रिय जनमोर्चाले भन्याे- सरकारले गण्डकीका सांसद अपहरण गर्‍यो

4KNationalDaily
२०७८ बैशाख १५, बुधबार १७:०६ बजे

पाेखरा- राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्नो पार्टीका सांसदलाई सरकारले अपहरण गरेको आरोप लगाएकाे छ।

पार्टीका महासचिव मनोज भट्टले गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका मान्छेहरुले अपहरण गरेर अज्ञात स्थल लुकाएको आरोप लगाए ।

अविश्वास प्रस्तावमाथि प्रदेश सभाको बुधबारको बैठकमा भएको छलफलमा शाही उपस्थित नभएपछि उनको खोजी भएको थियो। छलफललगत्तै प्रस्तावमाथि मतदानको तयारी सुरु हुँदा समेत शाही प्रदेश सभामा देखा नपरेपछि उनको खोजी तीव्र पारिएको थियो।

संसदीय दलकी सचेतक पियारी थापाले सभामुखलाई पत्र लेखी सांसद शाहीको अवस्था सार्वजनिक गर्न, उनको जीवन रक्षा उनी नभेटिएसम्म संसदको कारबाही रोक्न माग गरेकी छिन् ।

सांसद थापाले मंगलबार संसदीय दलकाे बैठक बसेर अविश्वासकाे प्रस्तावका पक्षमा एक भएर जाने छलफल भएकाे तर शाही बुधबार एक्कासी सम्पर्कविहीन भएको बताए । ‘हिजाे एक भएर जाने निर्णय भएकाे थियाे, आज के भएर आउनु भएन, कतै बिरामी पाे हुनुभयाे कि खाेज्नुपर्‍यो’ उनले भनिन् ।

शाही बाग्लुङ क्षेत्र २ ख बाट उपनिर्वाचनमा निर्वाचित भएका हुन्। राजमोले केन्द्रीयतहबाट नै अविश्वासको मतको पक्षमा उभिने निर्णय गरेको थियो।

प्रदेशसभा बैठक स्थगित

सांसद शाही सम्पर्कविहीन भएपछि  प्रदेशसभाको बैठक स्थगित भएको छ । सभामुख अधिकारीले राजमो संसदीय दलले सांसद सम्पर्कविहीन भएको भनी पत्र दिएको भन्दै उक्त विषय सम्बोधन नगरी बैठक बस्नु उपयुक्त नहुने भन्दै अनिश्चितकालका लागि बैठक स्थगित गरेका हुन् ।

प्रदेशसभा सदस्य शाहीको खोजी गर्न माग गर्दै थापाले प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रामशरण बस्नेतलाई पनि पत्र दिएकी छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily