+
Search

ताजा अपडेट +

पपुलर +

कोभिड वार्डको आईसीयूमा भेटिए जनमोर्चाका सांसद शाही

4KNationalDaily
२०७८ बैशाख १५, बुधबार १७:३८ बजे

पोखरा- बुधबार सम्पर्कविहीन भएका गण्डकी प्रदेशसभाका सांसद खिमबिक्रम शाही पोखराको एक अस्पतालमा भेटिएका छन् ।

उनी चरक अस्पतालको कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका स्रोतले जनाएको छ ।

अविश्वास प्रस्तावमाथिको मतदान गर्ने बेलासम्म सांसद सम्पर्कमा नआएपछि बैठकमा हल्लीखल्ली मच्चिएको थियो । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले आफ्नो पार्टीका सांसद सम्पर्कविहीन रहेको बताए ।

याे पनि,

राष्ट्रिय जनमोर्चाले भन्याे- सरकारले गण्डकीका सांसद अपहरण गर्‍यो

यसैबीच सांसद शाहीका स्वकीय सचिव मिलन हमालले फेसबुकमा शाही विरामी भएको स्टाटस पोष्ट गरेका छन् । हमालले सांसद शाही अस्पतालको आइसीयूमा भर्ना भएको दावी गरेका छन् । तर, पार्टी नेतृत्वले भने यो दाबीमा आशंका व्यक्त गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily