+
Search

ताजा अपडेट +

पपुलर +

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञा, अत्यावश्यकबाहेक घरबाट ननिस्कन आग्रह

4KNationalDaily
२०७८ बैशाख १६, बिहीबार ०७:०२ बजे

काठमाडौं- कोरोना भाइरसको दोस्रो भेरियन्टका संक्रमितहरु उल्लेख्य बढेपछि सरकारले आजदेखि बैशाख महिनाभर राजधानी काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ ।

आज विहानबाट सुरु भएको निषेधाज्ञापछि अत्यावश्यक कामबाहेकका सबैलाई घरमै बस्न भनिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको अनुगमन गर्नेछन् । मन्त्रिपरिषदको बैशाख १३ गते बसेको बैठकले १५ दिनका लागि उपत्यकामा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो ।

स्वास्थ्यकर्मी, स्वास्थ्य सामाग्री बोकेका सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी तथा कर्मचारी, पत्रकार, खाद्य सामाग्री बोकेका सवारी, खाद्य पसलहरु दूध, पानीका सवारीहरु निर्वाध चल्न पाउनेछन् । तर उनीहरुले पनि स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेको भने हुनुपर्नेछ ।

आज विहानैदेखि निषेधाज्ञाको पूर्ण पालना गराउन प्रहरी चेकिङ बाक्लो बनाइएको छ । काठमाडौं भित्रिने नाकाहरुमा विहानैदेखि कडाई सुरु गरिएको छ । बुधबार एकदिन मात्र नेपालमा ४ हजार ७ सय भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । तीमध्ये आधाभन्दा बढी काठमाडौं उपत्यकाकै हुन् । नेपालमा सक्रिय संक्रमित पनि ३० हजार नाघेको छ ।

उल्लंघन गरे के सजाय हुन्छ ?

निषेधाज्ञा उल्लंघन गरे कानुनबमोजिम कारबाही हुने छ । संक्रामक रोग ऐन, २०२० अनुसार आदेश पालना नगरेमा एक महिनासम्म कैद वा एक सय रुपैयाँसम्म जरिवाना अथवा दुवै सजाय हुनसक्छ ।

संक्रामक रोग ऐनमा काममा बाधा पु¥याउने व्यक्तिलाई ६ महिनासम्म कैद वा ६०० रुपैयाँ जरिवाना अथवा दुवै सजायको समेत व्यवस्था छ ।

यसैगरी स्थानीय प्रशासन ऐन, २०२८ अनुसार प्रशासनको आदेश उल्लंघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले पाँच सय रुपैयाँसम्म जरिवाना वा एक महिनासम्म कैद वा दुवै सजाय दिन सक्ने अधिकारको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily