+
Search

ताजा अपडेट +

पपुलर +

गायक प्रकाश सपुतको प्रश्न – मेरो पनि होइन र यो देश ?

4KNationalDaily
२०७८ बैशाख १७, शुक्रबार ०८:३३ बजे

काठमाडौं- चर्चित गायक तथा सर्जक प्रकाश सपुतले नयाँ गीत बजारमा ल्याएका छन् । गायक सपुतले आफनै शव्द संगीतमा ‘मेरो पनि होइन र यो देश ?’ बोलको गीत शुक्रबार युट्युबमा सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भएको गीत एक दिनमै युट्युबको नेपाल ट्रेन्डिङको दोस्रो स्थानमा रहन सफल भयो । अहिले यो गीत युट्युब ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ । हालसम्म गीतलाई ९ लाख बढीले हेरिसकेका छन् भने एक लाख बढीले मनपराएका छन् ।

देशप्रतिको गौरव र गुनासो मिश्रण गरिएको यस गीतमा गायक सपुतले यो देश मेरो पनि होइन र भन्दै प्रश्न गरेका छन् । गीतमा सपुतले राष्ट्रिय एकता र सांस्कृतिक विविधतालाई गीतमा उठान गरेका छन् ।

सपुतले भने ‘नेपाली सबैले स्वाभिमानपूर्वक बाँच्न पाऔँ, देशभित्रै भएर पनि अनागरिक जस्तो कोही हुन नपरोस् भन्ने सन्देश गीतले दिन्छ’, उनले थपे ‘हरेक नागरिकले आत्मगौरवका साथ र सम्मानपूर्वक जीवन बाँच्न पाउनुपर्छ भन्ने नै गीतको केन्द्रीय भावभूमि हो ।’

गीतमा गायक सपुतलाई कलाकार देवेन्द्र बब्लु, सुनिल विकलगायतले सघाएका छन् । गीतको भिडियोमा हिमाल, पहाड, तराई र सातै प्रदेशका सांस्कृतिक पहिचान झल्काउने सङ्गीत र नृत्यको सम्मिश्रणसमेत देख्न सकिन्छ ।

भिडियो

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily