+
Search

ताजा अपडेट +

पपुलर +

एकै दिन काठमाडाैं उपत्यकामा थपिए ३ हजार ६६६ कोरोना संक्रमित

4KNationalDaily
२०७८ बैशाख २०, सोमबार १७:४५ बजे

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३ हजार ६६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार ९ सय २२ जना, भक्तपुरमा २ सय २२ जना र ललितपुरमा ५ सय २२ जना कोरोना संक्रमित भेटिएका हुन् । देशभर थप ७ हजार ४४८जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार कोरोना संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या३ लाख ४३ हजार ४१८ पुगेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily