+
Search

ताजा अपडेट +

पपुलर +

माओवादीद्वारा सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय [भिडियाे]

4KNationalDaily
२०७८ बैशाख २१, मंगलवार २०:०८ बजे

काठमाडौं- नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको स्थायी कमिटी बैठकले २०७४ फागुन ३ गते एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन संसदमा जाने भनेर प्रतिनिधिसभा अधिवेशन आह्वान गरिसकेपछि मात्र माओवादीले समर्थन फिर्ता लिएको हो ।

माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ । समर्थन फिर्ताको पत्र आजै बुझाउने भनिए पनि ५ बजिसकेकाले भोलि बुझाउने स्थायी कमिटी सदस्य गणेश साहले नेपाल प्रेसलाई बताए ।

माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई अवैधानिकको संज्ञा दिएको छ । ‘लुम्बिनी प्रदेशमा नयाँ सरकार बनाएको घोषणा गरिएको छ, त्यो पूर्ण रूपले अवैधानिक छ,’ बैठकका निर्णय जानकारी गराउँदै नेता नारायणकाजी श्रेष्ठले भने, ‘हामीले लुम्बिनीको कथित सरकारलाई अवैधानिक घोषणा गर्दैछौं । विपक्षी दलहरूले चालेको कदमको स्वागत गर्दछौं ।’

गण्डकी प्रदेश र सदूरपश्चिम प्रदेश प्रमुखलाई हटाउने कामलाई माओवादीले स्वेच्छाचारी भनेको छ । प्रधानमन्त्रीले विश्वासको मत लिनुको पछाडि राम्रो नियत नभएको निष्कर्ष बैठकले निकाले श्रेष्ठले बताए।

‘हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टीलाई विभाजित गरेर दुईवटा बनाइदिने फैसला आइसकेपछि प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्थ्यो,’ उनले भने, ‘अहिले विशेष अधिवशेन जो बोलाइएको छ, त्यसले प्रधानमन्त्रीको राजनीतिक उद्देश्य र आशय राम्रो देखिँदैन ।’

भिडियाे

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily