+
Search

ताजा अपडेट +

पपुलर +

गगन थापा भन्छन्- संसद् छलेर अध्यादेश जारी गर्नु अराजनीतिक र संविधानको मर्मविपरीत

4KNationalDaily
२०७८ बैशाख २१, मंगलवार २०:१४ बजे

काठमाडाैं- नेपाली कांग्रेसका नेता गगन थापाले विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद् छलेर अध्यादेश जारी गर्नु अराजनीतिक र संविधानको मर्मविपरीत भएको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भन्दै यही वैशाख २७ गतेको लागि संसद्‍को अधिवेशन आह्वान गरिसकिएको छ।

यही बीचमा मन्त्रिपरिषद्को सिफारिस बमोजिम मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सातवटा अध्यादेश जारी गरेपछि कांग्रेस नेता थापाले प्रधानमन्त्रीको आलोचना गरेका हुन्। उनले अध्यादेश फिर्ता गरी संसद्‍को आगामी सत्रमा विधेयकका रूपमा पेस गर्न माग गरेका छन्।

‘विश्वासको मत लिने घोषणा गरेका प्रधानमन्त्रीले संसद् छलेर अध्यादेश जारी गर्नु अराजनीतिक छ, संविधानको मर्मविपरीत छ। राष्ट्रपतिज्यू, खड्गप्रसाद ओलीको असभ्य राजनीतिक चरित्रको मतियार हुनु हाम्रो लोकतन्त्रको दूर्भाग्य हो। अध्यादेश फिर्ता गरी संसद्‍को आगामी सत्रमा विधेयकका रूपमा पेस गरियोस्,’ प्रतिनिधिसभा सदस्यसमेत रहेका नेता थापाले सामाजिक सञ्‍जालमा लेखेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily