+
Search

ताजा अपडेट +

पपुलर +

धार्चेकाे माछिखाेला क्षेत्र सिल : जनप्रतिनिधि नै संक्रमित

4KNationalDaily
२०७८ बैशाख २४, शुक्रबार २०:१२ बजे

गोरखा- गाउँपालिकाका अध्यक्षसहित धार्चेका सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार सो गाउँपालिकाका सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

एकैपटक पालिकाका सात जनामा कोरोना संक्रमण भएपछि गाउँपालिकाका सबै वडा कार्यालयको सेवा अनिश्चित कालका लागि बन्द गरिएको हाे ।

‘यहाँ रुघाखोकीका बिरामी बढेपछि स्वाब संकलन गरेको पठाएका थियौँ । त्यसमध्य पालिका अध्यक्ष, एक जना शिक्षक, एक जना होटल व्यवसायी र चार जना गाउँपालिकाको कार्यालयमा कार्यरत कर्मचारीसहित सात जनामा कोरोना पोजेटिभ देखियो, ‘ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अमृत घलेले भने ‘त्यसैले संक्रमणको उच्च जोखिम देखिएकाले अर्को सूचना ननिकालेसम्मका लागि गाउँपालिका भर अत्यावाहेक सबै सेवा बन्द गर्ने निर्णय गरेका छौँ ।’

गाउँपालिकाका कर्मचारी मध्ये रोजगार संयोजक, पशुको कर्मचारी, दर्ता चलानीमा बस्ने कर्मचारीमा पनि देखिएपछि गाउँपालिकाले कार्यालय बन्द गरिएको र  माछिखाेला क्षेत्र अनिश्चत कालका लागि बन्द गरिएकाे गाउँपालिकाले जनाएकाे छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily