काठमाडौंँ- गायक रोशन अधिकारी र गायिका समिक्षा अधिकारीको स्वर रहेको गीत ‘धारै नखोली’ सार्वजनिक भएको छ ।
गीतमा दिनेशराज पुरीको शब्द, अर्जुन पोखरेलको संगीत छ । फिल्मका तीन कलाकार पूजा शर्मा, आँचल शर्मा र आकाश श्रेष्ठको अभिनय रहेको भिडियोमा गायक रोशनको पनि अभिनय रहेको छ ।
भिडियोका निर्देशक विधान कार्की हुन् । सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन, उत्सव दाहालको छायाँकन रहेको भिडियोमा पूजा र आँचलको आकाश र रोशनसँग रोमान्स देख्न सकिन्छ ।
भिडियो
प्रतिक्रिया