काठमाडौं- बलिउड अभिनेत्री कंगना रानावतलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनले शनिबार सामाजिक सञ्जालमार्फत आफू संक्रमित भएको जानकारी दिएकी हुन् ।
उनले केही दिन अगाडि कोरोना परीक्षण गराएकी थिइन् । आज उनमा संक्रमण पुष्टि भएको जानकारी गराएकी छन् । उनी डाक्टरको सल्लाहअनुसार होम आइसोलेसनमा बसिरहेकी छन् । उनले कोरोनाको लक्षण देखिएपछि परीक्षण गराएकी थिइन् ।
प्रतिक्रिया