काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज सोमबार नै प्रधानमन्त्री पदबाट राजीनामा दिएर संसदको सबैभन्दा ठूलो दलको नेताको हैसियतमा पुनः प्रधानमन्त्री नियुक्त हुने तयारी गरेका छन्।
प्रधानमन्त्री ओली निकट एक उच्च नेताका अनुसार संभवतः ओलीले आज ११–१२ बजेतिर प्रधानमन्त्री पदबाट राजीनामा दिनेछन् र साँझसम्म पुनः प्रधानमन्त्री नियुक्त भएर राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिनेछन्।
प्रतिनिधि सभाबाट आज विश्वासको मत नपाउने र सरकार अल्पमतमा पर्ने स्पष्ट भएपछि प्रधानमन्त्री ओलीले संसदको सामना नगरी राजीनामा दिएर पुनः प्रधानमन्त्री नियुक्त हुने सहज बाटो रोज्ने योजना बनाएको ती नेताले बताए।
यदि यही तयारी अनुसार भयो भने पाँच वर्षअघिको घटना दोहोरिने छ। २०७३ मा ओलीले अविश्वास प्रस्तावमा मतदान हुनै लाग्दा त्यसको समना नगरी अन्तिम क्षणमा राजीनामा दिएका थिए।
प्रतिक्रिया