काठमाडौं– स्पेनिस ला लिगाअन्तर्गतको गएरातिको खेल जित्दै शीर्षस्थानमा रहेको एट्लेटिको मड्रिड उपाधि नजिक पुगेको छ। रियल सोसिडाडलाई हराउँदै एट्लेटिकोले स्पेनिस ला लिगाको उपाधि जित्ने सम्भावना बलियो बनाएको हो।
घरेलु मैदान वान्डा मेट्रोपोलिटानोमा बुधबार राति सम्पन्न खेलमा एट्लेटिकोले रियल सोसिडाडलाई २–१ ले पराजित गरेको हो। जितसँगै अंक तालिकामा ४ अंकको अग्रतासहित उपाधि जित्ने सम्भावना बलियो बनाएको हो।
खेलको १६ औं मिनेटमा यानिक करास्कोको गोलमा एट्लेटिकोले अग्रता बनाएको थियो। त्यस्तै २८ औं मिनेटमा लुइस स्वारेजको पासमा एञ्जेल कोरेराले गोल थप्दा पहिलो हाफमै एट्लेटिको दुई गोलले अघि रह्यो।
उता सोडिडाडले दोस्रो हाफमा गोल फर्कायो। खेलको ८३ औं मिनेटमा इगोर जुबेल्डियाले गोलगर्दै सोसिडाडलाई खेलमा फर्काउन चाहेका थिए। तर त्यसपछि अर्को गोल थप्न नसक्दा सोसिडाडले अंक खोस्न सकेन।
प्रतिक्रिया