+
Search

ताजा अपडेट +

पपुलर +

कोरोना माहामारी र अन्त्यहीन राजनीतिक गतिरोधले देश गम्भीर संकटमा : बाबुराम भट्टराई

4KNationalDaily
२०७८ जेष्ठ ४, मंगलवार १०:१३ बजे

काठमाडौं- जनता समाजवादीका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले देश गम्भीर संकटमा फस्न लागेको बताएका छन् ।

मंगलबार बिहान समाजिक सञ्जाल ट्वीटरमार्फत डा भट्टराईले एकातिर कोरोना महामारी अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोधका कारण देश संकटमा फस्न लागेको बताएका हुन् ।

‘देश गम्भीर संकटमा फस्दैछ । एकातिर कोरोना महामारी,अर्कोतिर अन्त्यहीन राजनीतिक गतिरोध ! न ओली सरकारले नीति/कार्यक्रम र बजेट पास गर्न सक्छ न बैकल्पिक सरकार बन्न !’, डा भट्टराईले भनेका छन् ।

‘संविधानका स्तम्भ एकएक गरी ढल्दैछन् ! सबै पार्टी/नेता निरीह ! सर्पको मुखका भ्यागुता ! अनि राष्ट्रिय एकताको कुरा गर्नु अपराध हुन्छ ?’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily