+
Search

ताजा अपडेट +

पपुलर +

विद्या भण्डारी केपी ओलीको गोटी बनिन् : वर्षमान पुन

4KNationalDaily
२०७८ जेष्ठ ८, शनिबार ०७:४२ बजे

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले तत्कालीन राजा ज्ञानेन्द्र शाहले झैं मध्यरातमा लोकतन्त्रमाथि डकैती गरेको नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले बताएका छन् । पुनले अब लोकतन्त्र बचाउन लड्ने पनि बताए ।

‘अब ज्ञानेन्द्र जस्तै जनताबाट लखेटिनेछन् । जनता अब चुप बस्दैनन्’, उनले भने । शुक्रबार मध्यरातमा ज्ञानेन्द्र शाहले जस्तै कदम ओलीले चालेको पुनले बताए ।

संविधान र लोकतन्त्र बचाउन उत्रने पुनले बताए । ‘कोरोना महामारी विरुद्धको लडाइँसँगै संविधान र लोकतन्त्र बचाउन विभिन्न रुपको संघर्ष जारी राख्छौं’, उनले भने ।

राष्ट्रपति कार्यालयले नयाँ प्रधानमन्त्री बनाउन नसकिने विज्ञप्ति जारी गरेलगत्तै बालुवाटारमा मध्यरात मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily