पाेखरा- गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री दीपक मनङ्गे भनेर चिनिने राजीव गुरुङले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
सत्ताको रस्साकस्सीमा आफूलाई स्वतन्त्र दाबी गरिरहेका मनङ्गेलाई वैशाख १६ गते समाजिक विमास मन्त्रालय फुटाएर मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले युवा तथा लेखकुद मन्त्री बनाएका थिए ।
वैशाख २६ गते मुख्यमन्त्रीले राजीनामा दिएसँगै ११ दिनमै गुमेको उनको पद २९ गते ठूलो दलको नेताको हैसियतमा पृथ्वीसुब्बा फेरि मुख्यमन्त्रीमा बाहाली भएपछि जेठ ५ मा मनाङलाई खेलकुद मन्त्रीमा दोहोर्याएका थिए ।
७ मन्त्रालय रहेको गण्डकीमा मनङ्गेलाई मन्त्री बनाउँदै मन्त्रालयका संख्या ८ पुर्याएर मुख्यमन्त्री गुरुङले ११ मन्त्रालय बनाएर मन्त्रीलाई जिम्मेवारी बाँडफाँड गरेका छन् ।
५ गते नै किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल, नरदेवी पुन र मनाङलाई मुख्यमन्त्री गुरुङले फेरि मन्त्री नियुक्त गरेका थिए । मनङ्गेले ५ गते काठमाडौं रहेकाले सपथ लिएका थिएनन् ।
किरणलाई अर्थ र मनाङलाई बाहेक सपथ खुवाउँदा बाँकीलाई बिनाविभागी मन्त्रीको रुपमा सपथ खुवाइएको थियो । बेलुका सबै मन्त्रीलाई अन्य मन्त्रालयसमेत गर्ने गरी जिम्मेवारी तोकिएको थियो । मुख्यमन्त्रीसहित ६ मन्त्रीले अहिले ११ मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।
प्रतिक्रिया