+
Search

ताजा अपडेट +

पपुलर +

कांग्रेस प्रचन्डपथमा लागेको प्रधानमन्त्रीको आरोपपछि विश्वप्रकाश शर्माले भने : ‘सौ चुहे खा के बिल्ली चली हज को’

4KNationalDaily
२०७८ जेष्ठ १०, सोमबार १०:०० बजे

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल कांग्रेसलाई लगाएको प्रचण्डपथमा लागेको आरोपमाथि प्रवक्ता विश्वप्रकाश शर्माले टिप्पणी गरेका छन्।

कांग्रेस प्रवक्ता शर्माले ट्वीटमार्फत ओलीको आरोपलाई ‘सौ चुहे खा के बिल्ली चली हज को’ भन्दै टिप्पणी गरेका हुन्।

एमाले अध्यक्षसेमत रहेका ओलीले आइतवार एक कार्यक्रममा लोकतान्त्रिक शक्ति मानिने कांग्रेस पनि माओवादीको चरित्रमा सामेल भएको आरोप लगाएका थिए।

प्रधानमन्त्री ओलीको भनाइप्रति लक्षित गरी शर्माले ट्वीटमा भनेका छन्, ’ताज्जुब लाग्छ, तपाईंकै शैलीमा मलाई अचम्म लाग्छ! हिजो प्रचण्डसँग पार्टीकै एकता निकै गौरवसँग गर्नुभएको थियो। आज मुद्दामा मात्रै कांग्रेसको कुरा प्रचण्डसँग मिल्दा, प्रचण्डपथमा पो लाग्यो? सौ चुहे खा के बिल्लि चलि हज कोझ भन्ने कहावत यहाँकै लागि रहेछ नि प्रधानमन्त्रीज्यु!’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily