+
Search

ताजा अपडेट +

पपुलर +

ओलीले ल्याएको नागरिकता विधेयकप्रति नारायणकाजीले दिए यस्तो प्रतिक्रिया

4KNationalDaily
२०७८ जेष्ठ ११, मंगलवार ०९:३४ बजे

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नागरिकता जस्तो संवेदनशील विषयलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको सौदाबाजीको विषय बनाएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले संसदमा प्रस्तुत गरिएको नागरिकता बिधेयक भन्दा फरक अध्यादेश लाइएको भन्दै उनले यसमा ओलीको दाहोरो चरित्रसमेत झल्किएको टिप्पणी गरेका छन्।

‘नेपाली नागरिक सबैले सहजरुपमा नागरिकता पाउनुपर्छ। संविधानको प्रवाधान अनुसार नागरिकता ऐन छिटो बन्नुपर्थ्यो। यसमा कुनै विवाद छैन,’ श्रेष्ठले फेसबुकमा लेखेका छन्, ‘तर नागरिकता जस्तो संवेदनशील बिषयलाई चौतर्फी बिरोधको घेरामा परेको कामचलाउ सरकारले अध्यादेशको रुपमा ल्याउनु र अझ सत्ताको सौदाबाजीको बिषय बनाउनु धोखा हो। प्रम ओली र सो गुट समेत सहमत भएर प्रस्तुत गरिएको नागरिकता बिधेयक भन्दा फरक अध्यादेश ल्याईएको छ।’

ओली र उनको गुटका मान्छेले केही समय अघि अहिले अध्यादेशमा समावेश गरिएका कतिपय बिषयको घोर बिरोध गरेका स्मरण गर्दै नेता श्रेष्ठले भनेका छन्, ‘प्रम र मन्त्रीहरुका त्यससम्बन्धी पहिलेको अभिब्यक्ति सामाजिक सञ्जालमा सस्वर ब्याप्त भैसकेकै छ। त्यसबारेमा केही भन्नु पर्दैन? कुनै जिम्मेवारी लिनुपदैन? पद र सत्ताको निम्ति जे पनि गर्ने कस्तो चरीत्र हो? यस्तो प्रवृत्ति र कार्यले राष्ट्रको हित गर्न सक्तैन।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily