+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा निवास बोलाउनु शुभ संकेत होइन : बाबुराम भट्टराई

4KNationalDaily
२०७८ जेष्ठ ११, मंगलवार १०:४६ बजे

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीले प्रधानन्यायाधीशलाई मध्यरातमा बोलाउनु लोकतन्त्रका लागि शुभ संकेत नभएको बताएका छन्।

प्रधानमन्त्री र प्रधानन्यायाधीशबिच मध्यरातमा भेट भएको र विदेशी दूतले प्रधानमन्त्रीलाई पटकपटक भेटेको समाचारप्रति टिप्पणी गर्दै भट्टराईले यो लोकतन्त्रका लागि खतरा भएको बताएका हुन्।

‘प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने, विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला लोकतन्त्रका लागि शुभ संकेत हैनन् !’, उनले भनेका छन्।

यसैगरी पूर्व प्रधानमन्त्री भट्टराईले खिलराज रेग्मीलाई मन्त्रिपरिषद्को अध्यक्ष बनाइएको घटना नजीर बन्न नसक्ने बताएका छन्। ‘खिलराज रेग्मी प्रकरण अन्तिरिम संविधानकालको अपवाद हो’, उनले भनेका छन्, ‘त्यो नियम/नजीर बन्न सक्दैन।’

उनले राज्यका प्रमुख अंगलाई षड्यन्त्रपूर्वक सिध्याउने र संविधान तथा लोकतन्त्रलाई नै मास्ने खेल भइरहेकाले त्यो हुन नदिने बताएका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily