+
Search

ताजा अपडेट +

पपुलर +

प्रधानन्यायाधीशको इजलासमा शुरु भयो प्रतिनिधि सभा विघटन मुद्दाको सुनुवाइ

4KNationalDaily
२०७८ जेष्ठ १३, बिहीबार १३:१५ बजे

काठमाडौं- प्रतिनिधि सभा विघटन सम्बन्धी परेका मुद्दाको सुनुवाइ सर्वाेच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको इजलासमा शुरु भएको छ।

प्रतिनिधि सभा विघटन सम्बन्धनका १९ मुद्दाको प्रारम्भिक सुनुवाइ प्रधानन्यायाधीश राणाको एकल इजलासमा शुरु भएको हो।

१९ मध्ये चार निवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई संविधानको धारा ७६ को ५ अनुसारको प्रधानमन्त्री नियुक्ति माग गरिएका छन्।

वरिष्ठ अधिवक्तादेखि अधिवक्ताको प्रमाणपत्र भर्खर प्राप्त गरेकासम्मले सार्वजनिक सरोकारको रिट दायर गरेका छन्। सर्वोच्चमा प्रतिनिधि सभा विघटन सम्वन्धी ३० थान निवेदन दर्ता भएका छन्।

नियमित इजलासमा दर्ता भएकाबाहेक अरु निवेदन संवैधानिक इजलासमा शुक्रबार पेसी तोकिएका थिए। एकल इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने र लिखित जवाफ माग्ने बारेमा बहस हुने छ। एकल इजलासले सिधै शुक्रबारको संवैधानिक इजलासमा पठाउन पनि सक्ने छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily