+
Search

ताजा अपडेट +

पपुलर +

पाँचजना पूर्व प्रमुख निर्वाचन आयुक्तले भने- मतदातालाई प्रभावित गर्ने बजेट नल्याइयोस्

4KNationalDaily
२०७८ जेष्ठ १३, बिहीबार १३:४८ बजे

काठमाडौं- पाँचजना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले काम चलाउ हैसियतमा पुगेको वर्तमान सरकारले मतदातालाई प्रभावित गर्ने खालको नीति कार्यक्रम र बजेट ल्याउन नपाउने बताएका छन्।

बिहीबार बिहान संयुक्त रुपमा उनीहरुले निर्वाचन गर्ने भूमिकामा रहेको वर्तमान सरकारलाई मतदाता प्रभावमा पार्नेगरी बजेट नल्याउन आग्रह गरेका हुन्।

त्यसरी आग्रह गर्नेमा पूर्व प्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा.अयोधिप्रुुुसाद यादव र पूर्व कार्यवाहक पूर्व प्रमुख निर्वाचन आयुक्त दोलखबहादुर गुरुङ छन्।

‘२०७८ कात्तिक, मंसिरमा प्रस्तावित प्रतिनिधि सभाको निर्वाचन गराउने भूमिकामा रहेको वर्तमान कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याउँदा स्वच्छ, स्वतन्त्र एवं निष्पक्ष निर्वाचनका लागि समान प्रतिस्पर्धाको सिद्धान्तभित्र रही मतदातालाई कुनै एक पक्षमा लाग्न प्रभाव पार्नेगरी लक्षित किसिमका नयाँ नीति, कार्यक्रम वा बजेट बिनियोजन नगर्न सरकारको ध्यानाकर्णण गर्दछौँ,’ उनीहरुद्वारा जारी अपिलमा भनिएको छ,।

उनीहरुले यसप्रति निर्वाचन आयोगको पनि ध्यानाकर्षण गराएका छन्। भनेका छन्– ‘यस विषयमा आफ्नो संवैधानिक दायित्वको ख्याल गरी निर्वाचन आयोगले सम्बद्ध पक्षलाई समयमै सजग गराउने छ भन्ने विश्वास हामीले लिएका छौँ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily