+
Search

ताजा अपडेट +

पपुलर +

सभामुखलाई अधिवक्ता भट्टराईको सुझाव : संसद बैठक आह्वान गर्न राष्ट्रपतिलाई पत्र पठाउनुस्

4KNationalDaily
२०७८ जेष्ठ १३, बिहीबार १५:१८ बजे

काठमाडौं- अधिवक्ता टीकाराम भट्टराईले प्रतिनिधि सभा आह्वानको लागि राष्ट्रपतिलाई लेखिपठाउन सुझाव दिएका छन्। संविधानले दिएको कर्तव्य पालना गर्न सभामुखले अविलम्ब राष्ट्रपतिलाई संसद जीवित रहेको भन्दै लेखी पठाउनुपर्ने बताएका छन्।

आज सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको बैठकमा सहभागी हुँदै उनले सभामुखमा रहेको संवैधानिक अधिकार प्रयोग गर्न सुझाव दिए।

‘सर्वोच्च अदालतको फैसला, संविधानको धारा १ सय ३ (२) लाई उधृत गर्दै, संविधानको धारा १ सय १९ ले जेठ ३ ले यो जेठ १५ गते प्रतिनिधि सभा जीवितै हुन्छ भन्ने कुरालाई उधृत गर्दै सभामुखले राष्ट्रपतिलाई अविलम्ब प्रतिनिधि सभाको बैठक आह्वानका लागि सिफारीस गर्नुपर्छ,’ उनले भने, ‘मन्त्रिपरिषद्ले मात्र बैठक बोलाउन सिफारीस गर्छ भन्ने छैन है। संविधानको धारा ९३ मा यस संविधान बमोजिम भन्छ। यो संविधानको धारा १ सय ३ (२) मा संघीय संसदको प्रत्येक सांसदलाई आफ्नो काम कारवाही र निर्णय गर्ने पूर्ण अधिकार रहेको उल्लेख छ, त्यो अधिकार सभामुखले प्रयोग गर्न सक्नुहुन्छ।’

‘संविधान भन्दा पनि बाहिर सभामुख जान सक्तैन। त्यसो भएको हुनाले कर्तव्य निर्वाह पनि नगरी बस्न सक्तैन,’ भट्टराईको भनाई थियो।

‘त्यसैले सर्वोच्च अदालतको फैसला, संविधानको धारा ६६, ९३ (२), १ सय ३ (२) र १ सय १९ (४) लाई उधृत गर्दै सभामुखले अविलम्ब राष्ट्रपतिलाई जेठ १५ गते सर्वोच्च अदालतको फैसला बमोजिम प्रतिनिधि सभा जीवित छ, त्यही भएर बजेट ल्याउने प्रयोजनको लागि अधिवेशन आह्वान गर्नुपर्छ र राष्ट्रपतिले त्यही अनुसार सभामुखको सिफारीस अनुसार प्रतिनिधि सभाको बैठक बोलाउनुपर्छ,’ उनले भने।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily