+
Search

ताजा अपडेट +

पपुलर +

जंगी अड्डाबाट प्रधानमन्त्रीले भने : देशलाई निकास दिन ताजा जनादेश मात्रै विकल्प

4KNationalDaily
२०७८ जेष्ठ १५, शनिबार ११:०१ बजे

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई निकास दिन ताजा जनादेश एकमात्र विकल्प भएको बताएका छन्।

गणतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने प्रवृत्तिको छिनोफानो गर्ने अब जनताले नै गर्ने बताए।

‘मुलुक निर्माणको एउटा दृष्टिकोण, एउटा सोच र एउटा अभियानअनुरुप जारी घोषणापत्रअनुसारको जनअनुमोदनबाट आएको सरकारले चालेका जनमुखी कदमहरू यहाँहरुसमक्ष अवगत नै छन्। तर सरकारका हरेक पाइलामा हामीले व्यवधान, घेराबन्दी र विरोध मात्रै सामना गरिरहनु परेको छ’, उनले भने, ‘जनताका लागि होइन, सत्ता आकाङ्क्षी समूहका लागि मात्रै मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने यस प्रवृत्तिको छिनोफानो गर्ने अब जनताले नै हो।’

मुलुकको अमूल्य समयलाई यस्तो अकर्मण्यता र अनुशासनहीनतामा खेर जानबाट रोक्न जनतासँग ताजाजनादेश माग्नु एकमात्र विकल्प हुन पुगेको उनले बताए। सबै दलहरूले आफूलाई जनपरीक्षण गर्ने अवसर पनि यस क्रममा नै प्राप्त गर्ने ओलीको भनाई छ।

सरकार आगामी आमनिर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ, निश्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको उनले बताए।

सिङ्गो मानव समुदाय कोरोना महामारी विरूद्ध कठीन सङ्घर्षमा जुटेको बताउँदै उनले हाम्रो पुस्ताले भोग्नु परेको सर्वाधिक ठूलो चुनौतीका रूपमा यसलाई दर्शाए।  महामारीबाट जनताको जीवन रक्षा गर्न सम्भव प्रयासहरु अघि बढाएको उनको भनाई छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily