+
Search

ताजा अपडेट +

पपुलर +

गणतन्त्र बिरोधीहरुको हातमा देशको नेतृत्व पुग्दा अनास्था जगाउने काम भइरहेको छ: बाबुराम भट्टराई

4KNationalDaily
२०७८ जेष्ठ १५, शनिबार ११:२१ बजे

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले गणतन्त्रबिरोधीहरुको हातमा देशको नेतृत्व पुग्दा यसप्रति नै अनास्था जगाउने काम भइरहेको टिप्पणी गरेका छन्।

शनिबार सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसको शुभकामना दिँदै भट्टराईले गणतन्त्रबिरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकोले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने काम भैरहेको टिप्पणी गरेका हुन्। त्यसलाई परास्त गर्न जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गर्न उनले आह्वान गरेका छन्।

सामाजिक सञ्जालमा डा भट्टराईले लेखेका छन्, ‘नेपाली जनताको बलिदानी संघर्षबाट प्राप्त ऐतिहासिक गणतन्त्र दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना! गणतन्त्रबिरोधी बयलगाडेहरूको हातमा देशको नेतृत्व पुगेकाले अहिले गणतन्त्रप्रति नै अनास्था जगाउने जुन काम भैरहेको छ त्यसलाई परास्त गर्दै जनताको हातमा आएको सार्वभौमसत्ताको रक्षा गरौं!’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily