+
Search

ताजा अपडेट +

पपुलर +

संसद पुनर्स्थापना भए पुनः केपी ओली नै प्रधानमन्त्री : कमल थापा

4KNationalDaily
२०७८ जेष्ठ १५, शनिबार १२:०९ बजे

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अदालतबाट संसद पुनर्स्थापना भए फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने भन्दै निर्वाचनको विकल्प नरहेको बताएका छन्।

थापाले चुनाव छाडेर अदालत जानेहरु नै ओलीलाई निरन्तरता दिने बाटोमा रहेको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल ट्वीटरबाट थापाले संसदीय गणितले संसद पुनर्स्थापना भए पनि ओलीलाई नै प्रधानमन्त्री बनाउने दावी गरेका छन्।

थापा भन्छन्, ‘ओलीले देश वर्वाद पारे भनेर विरोध गर्नेहरू नै ओलीलाई निरन्तरता दिने बाटोमा छन्। चुनाव छाडेर अदालत जानेले बुझ्नुपर्छ, संसद पुनर्स्थापना भएमा पुनः ओली नै प्रम हुन्छन्। यो भविष्यवाणी होईन, संसदीय गणितले त्यही भन्छ।’

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily