+
Search

ताजा अपडेट +

पपुलर +

चीनले दिएको ८ लाख डोज खोप बोकेर निगमको जहाज काठमाडौं आइपुग्यो

4KNationalDaily
२०७८ जेष्ठ १८, मंगलवार १६:५४ बजे

काठमाडौं- चीनबाट ८ लाख खोप लिएर नेपाल एयरलाइन्सको जहाज काठमाडौं आइपुगेको छ। सोमबार राति चीनको बेइजिङ गएको जहाज ८ लाख खोप बोकेर काठमाडौं आइपुगेको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ।

नेपाल र चिनियाँ राष्ट्रपतिबीच टेलिफोन कुराकानीपछि चीन सरकारले १० लाख खोप नेपाललाई उपलब्ध गराउने घोषणा गरेको थियो। यसमध्ये ८ लाख बेइजिङ र २ लाख तिब्बतबाट उपलब्ध गराइएको हो।

तिब्बतबाट हिमालय एयरलान्सले २ लाख खोपमध्ये करिब १ लाख ल्याइसकेको छ भने बाँकी १ लाख बुधबारसम्म आइपुग्ने हिमालय एयरलान्सले जानकारी दिएको छ। चीन सरकारले अघिल्लो पटक ८ लाख खोप अनुदानमा सहयोग गरिसकेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily