काठमाडौं- न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (उत्तर अमेरिका नेपाल सुन्दरी) को लागि पूर्व नेपाल सुन्दरीहरु शृंखला खतिवडा, सदीक्षा श्रेष्ठ र मनिता देवकोटा आउने भएका छन् ।
मिस नेपाल नर्थ अमेरिका आयोजक समितिले जानकारी गराए अनुसार सन् २०१८ की मिस नेपाल वर्ल्ड शृंखला खतिवडालाई अफिसियल मेन्टोर अर्थात् आधिकारिक परामर्शदातामा नियुक्त गरेको छ ।
भने सदीक्षा श्रेष्ठलाई अफिसियल कोरियोग्राफर (आधिकारिक सम्पूर्ण प्रशिक्षण)को जिम्मेवार दिइएको छ । यस्तै, अर्की पूर्व नेपाल सुन्दरी मनिता देवकोटालाई प्रशिक्षक तथा प्रतियोगीलाई तालिमकर्ताको रुपमा सहयोग पुर्याउने छिन् ।
कार्यक्रम आगामी अगस्त ७ गते शनिबारको दिन आयोजना हुनेछ । गत बर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो ।
प्रतिक्रिया