पाेखरा- गण्डकी प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री दीपक मनाङे सम्पर्कविहिन भएका छन् । बुधबार रातीदेखि नै उनी सम्पर्कविहिन भएका हुन् ।
मनाङेले मुख्यमन्त्रीकाे साथ छाेडेकाे समाचार विभिन्न मिडियामा प्रकाशित भएपछि उनी सम्पर्कविहिन भएका हुन् । विहीबार विहानैदेखि उनकाे खाेजी भैरहेकाे छ । साथिभाइ र आफन्तले सम्पर्क गर्ने प्रयास गर्दा पनि उनी फेला परेका छैनन् ।
उनले प्रयाेग गर्ने सबै माेवाईल स्वीच अफ छन् भने उनकाे स्वकीय सचिवका फाेन पनि अफ छ । मनाङेले बुधबार राति प्रदेश सभा विघटनबाट जाेगाउन आफ्नाे याेगदान रहन्छ भने त्याे प्रयास गर्ने बताएका थिए ।
प्रतिक्रिया