+
Search

ताजा अपडेट +

पपुलर +

सभामुखको आह्वानमा आज सर्वदलीय बैठक, ओलीलाई पनि निम्तो

4KNationalDaily
२०७८ जेष्ठ २८, शुक्रबार ०८:२० बजे

काठमाडौं- विघटित प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाले आज संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठक बोलाएका छन्।

आज (शुक्रबार) दिउँसो २ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी सभामुखबाट सर्वदलीय बैठक आह्वान भएको सभामुख सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिए।

बैठकमा सहभागी हुनको लागि सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पूर्वप्रधानमन्त्री र राजनीतिक दलका नेतालाई आमन्त्रण गरेका छन्।

समसामयिक विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न बैठक आह्वान गरिएको प्रेस संयोजक न्यौपानेको भनाई छ।

प्रधानमन्त्री ओलीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेपछि सभामुख सापकोटाले जेठ २३ गते कानुनविद् र जेठ ११ गते पूर्वसभामुखहरुसँग छलफल गरिसकेका छन्।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily