पाेखरा- गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाई दिएका छन् ।
प्रदेश प्रमुख सिता पौडेलले मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै गुरुङले फोनमार्फत पोखरेललाई बधाई दिएका हुन् ।
मुख्यमन्त्रीको रुपमा प्रदेश सभाबाट विश्वासको मत गुमाएका गुरुङले आफ्नो र पार्टीका तर्फबाट भन्दै पोखरेललाई आगामी कार्यकालको शुभकामना पनि दिए ।
संविधनको धारा १६८को (५) अनुसार पोखरेल मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई जसपा, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद दीपक मनाङेसहित ३१ सांसदले सर्मथन गरेका थिए ।
शुक्रवार नै पोखरेलले आफ्नो प्रदेश प्रमुख पौडेलसमक्ष आफ्नो दाशी पेस गरेका थिए।
प्रतिक्रिया