+
Search

ताजा अपडेट +

पपुलर +

सरकारको पहिलो प्राथमिकता सबै नेपालीलाई खोप : शिक्षामन्त्री श्रेष्ठ

4KNationalDaily
२०७८ जेष्ठ २९, शनिबार १९:४६ बजे

कठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकका सवै नागरिकलाई कोरोनाबिरुद्धको खोप पुराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।

शनिबार काठमाडौैंको क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा सुरु गरिएको कोभिड अस्पतालको निरिक्षण गर्दै मन्त्री श्रेष्ठले बिभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सवै नागरिकलाई खोपको पहुँचमा पुराइने बताएका हुन् ।

राष्ट्रपतिले अन्य देशका समकक्षीहरुसंग खोपको अपिल गरेको र खोपका साथै स्वास्थ्य सामाग्री आइरहेको उनले बताए । उनले नेपालमा भित्रिएका स्वास्थ्य सामाग्री कोरोना नियन्त्रण र रोकथाका लागि प्रयोग गरिने जिकिर गरे । उनले क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा कोरोना संक्रमितको उपचारका लागि कुनै स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने प्रतिवद्धता समेत जनाएका छन् ।

चिकित्सालयमा भेन्टिलेटरसहित ३५ बेडको कोभिड अस्पताल सञ्चालन गरिएको हो । निरिक्षणका क्रममा अस्पतालका पदाधिकारीले कोरोना उपचारका लागि देखिएको समस्याका बारेमा मन्त्री श्रेष्ठलाई जानकारी गराएका थिए । राजधानीको क्षेत्रपाटीस्थित निशुल्क चिकित्सालयको लागि स्वास्थ्य सामग्री उपलब्ध गराउनदेखि लिएर आवश्यक सहयोग गर्न सरकार तत्पर रहेको बताए ।

अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका विरामीलाई सहज उपचारको वातावरण मिलाउने सरकारी र सामुदायिक अस्पतालसग सहकार्य गर्ने महानगरको नीति अनुरुप जेठ १२ गते चिकित्सालयमा विशेष कोविड अस्पताल सञ्चालनमा ल्याइएको थियो । यसका लागि महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्चवापत् करीब ४८ लाख १६ हजार ६ सय ५७ रुपैया व्यहोर्ने छ ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily