+
Search

ताजा अपडेट +

पपुलर +

जसपाबाट मन्त्री बनेकाहरूलाई यादव पक्षले माग्यो स्पष्टीकरणः तपाईंलाई पार्टीबाट किन निष्कासन नगर्ने?

4KNationalDaily
२०७८ जेष्ठ ३१, सोमबार ०९:४९ बजे

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) बाट मन्त्री बनेकाहरूलाई अध्यक्ष उपेन्द्र यादव पक्षले स्पष्टीकरण मागेको छ।

जसपाका यादव पक्ष विपक्षी गठबन्धनमा आबद्ध छ भने अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका ११ जना ओली सकारमा सहभागी भएका हुन्। यसैकारण यादव पक्षले ती मन्त्रीलाई विभिन्न प्रश्न राखी ७ दिनभित्र जवाफ दिन भनेको हो।

यही जेठ ८ गते सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको निर्णय नं. ४ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा सामेल भए पार्टीबाट स्वतः निष्कासन गरिने उल्लेख छ। सोही निर्णय स्मरण गराउँदै यादव पक्षले ती मन्त्रीलाई तपाईंहरूलाई किन कारबाही नगर्ने भनी स्पष्टीकरण माग गरेको हो।

संसद विघटन गर्ने अलोकतान्त्रिक, असंवैधानिक र प्रतिगमनकारी कदमलाई पार्टी निर्णय र नीतिविपरीत किन साथ दिएको, सरकारमा किन सहभागी भएको, राजेन्द्र महतोलाई किन र कुन आधारमा दलको नेता बनाइएको, पार्टी विधानमै नभएका काम–कारबाही गरेको र पार्टीमा गुटबन्दी गर्ने र अनुशासन उल्ल्ंघन गर्ने/गराउने कार्य भइरहेको प्रश्न यादव पक्षले ठाकुर पक्षका ती मन्त्रीलाई सोधेको छ।

प्रतिक्रिया

लेखकको बारेमा

4KNationalDaily